
रसुवा । रसुवाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको दोस्रो ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिताको बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले उद्घाटन गरेका छन् ।
रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार विहान लाङटाङको क्याङजिनबाट ‘लाङ्टाङ ट्रेल रन’ सुरू भएको छ ।
खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको हो । बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले क्याङजिन पुगेर ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन ।
ट्रेल रनका लागि एक सय धावकहरू सहभागी भएको रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।
‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता झण्डै ३ घण्टामा दौडेर स्याफ्रुबेशी बजार झरेपछि प्रतियोगिता समापन हुने आयोजकले जनाएको छ । गत वर्ष प्रथम ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता आयोजना गरिएको थियो ।









प्रतिक्रिया