
काठमाडौं । सेयर बजारमा १३.४६ अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा खुम्चिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से २.६६ अंकले घटेको थियो भने मंगलबार भने २२.२१ अंकले घटेको थियो । यस्तै, आइतबार भने २६.७२ अंकले घटेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।









प्रतिक्रिया