
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ८५ रुपैयाँले घटेको छ ।
यस दिन सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुनको मूल्य ३ लाख ११ हजार ३ सय रुपैयाँ थियो ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँ कायम छ । बुधबार चाँदी प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया