
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
तीन दिनदेखि अस्वस्थ रहँदै आएका उनी आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।
रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उनलाई चिकित्सकहरुले अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छन् ।
उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ ।









प्रतिक्रिया