
काठमाडौं । सरकारले आगामी आथिर्क वर्ष २०८३/८४ को बजेटमार्फत काठमाडौंको स्युचाटारमा पहिलो एआई कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा पेश गरेको आगामी आवको बजेटमार्फत स्युचाटारमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।
उनले उक्त केन्द्रमा हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने व्यवस्था गरिने पनि घोषणा गरे ।
स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्य राखिएको मन्त्री वाग्लेले घोषणा गरेका छन् ।









प्रतिक्रिया