विद्युत प्राधिकरलाई टुक्र्याएर तीनवटा बनाउँदै सरकार

126
Shares

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको पुनर्संरचना गरी उत्पादन, प्रसारण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा रुपान्तरण गरिने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

‘लामो समयदेखि थाती रहेको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीका रुपमा विभाजन गरिनेछ ।’