
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न १७ वटा निकायमा नियुक्त हुन ४ हजार ३ सय ४८ जनाले आवेदन दिएका छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार मन्त्रालय अन्तर्गत रिक्त रहेका विभिन्न निकायमा नयाँ नियुक्तिका लागि माग गरिएको रोस्टर सूचीमा सूचीकृति भएकैमध्येबाट पदपूर्ति गरिने भएको छ ।
मन्त्रालयले एकैपटक सबै निकायमा रिक्त रहेका पदहरुमा नियुक्तिको लागि रोस्टर सूचीमा आवद्ध हुने गरेको आव्हान अनुसार नै आवेदन परेको हो । अब यही सूचबाट संक्षिप्त सूची तयार पारेर नियुक्ति गरिने पर्यटन मन्त्रालका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए ।
मन्त्रालका अनुसार आवदेन दिनमो सबैभन्दा बढी नेपाल पर्यटन बोर्डको सदस्यमा ८५५ जनाको आवेदन परेको छ । बोर्डमा रिक्त रहेका ५ सदस्यको लागि उक्त संख्यामा आवेदान परेको हो ।
बोर्डमा नियुक्त भएकै सदस्यले नै बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने व्यवस्था छ । मन्त्रालयको रोस्टरमा भने सीईओको लागि पनि आवेदन परेको उल्लेख छ ।
त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको सदस्यका लागि ५८७ जनाको आवेदन परेको छ । सबैभन्दा कम नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकोलागि ४६ जनाको मात्रै आवेदन परेको पनि मन्त्रालले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यी हुन पर्यटन मन्त्रालय अन्तर्गतका विभिन्न १७ निकायमा आवेदन दिनेहरुको सूची






प्रतिक्रिया