
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ थियो ।





प्रतिक्रिया