सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

259
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ थियो ।

यस दिन चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।