
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६२ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३९ रुपैयाँ, गोलभेँडा ठूलो सानो (तराई) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, भिन्डी प्रतिकिलो ४० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ र पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो प्रतिकिलो १२० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ, मेथीको साग प्रतिकिलो १२० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३२० र सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्यूरो प्रतिकेजी ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ,सजीवन प्रतिकेजी १२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो १०० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सौफको साग प्रतिकिलो १२० रुपैयाँ, पुदिना प्रतिकिलो १०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १६० रुपैयाँ र गुन्द्क प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
स्याउ (फुजी) प्रतिकिलो ३२५ रुपैयाँ, केरा (नेपाली) दर्जन २०० रुपैयाँ, केरा (मालभोग) २२० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार प्रतिकिलो ४४० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो २८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २८० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६० रुपैयाँ, खकटहर प्रतिकिलो ७० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० र लिचि (भारतीय) २८० रुपैयाँ, एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ, नरिवल (काँचो) प्रतिकेजी ८० रुपैयाँ र नरिवल (हरियो) प्रतिकेजी १८० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४३० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ६० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ९० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो १९० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १४० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ ।









प्रतिक्रिया