घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

2.5k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

यस दिन सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँको गिरावट आएको हो ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय १५ रुपैयाँ थियो । गत शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको हो ।