एसएलआर हतियारको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुईजना पक्राउ


काठमाडौं । प्रहरीले ४५ राउण्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका ९ गोंगबु शिव मन्दिरस्थित काबेली गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो।

शंका लागेर चेकजाँज गर्दा सप्तरी राजविराज नगरपालिका वडा नम्बर १३ का २७ वर्षीय खगेन्द्र शर्मा र काठमाडौं महानगरपालिका ३२स्थित नरेफाँटका शंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।