
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ७२ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो २५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ४० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, मटर कोशा प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला प्रतिकिलो ७० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ४५ रुपैयाँ, चिचिन्डो प्रतिकिलो ३५ रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, भिन्डी प्रतिकिलो ३५ र पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
स्कुस प्रतिकिलो ७० रुपैयाँ, रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो प्रतिकिलो १२० रुपैयाँ, तोरीसाग प्रतिकिलो ४० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ, मेथीको साग प्रतिकिलो १२० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, सजीवन प्रतिकिलो ११० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, सौफको साग प्रतिकिलो १२० रुपैयाँ, पुदिना प्रतिकिलो १०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३०० तोकिएको छ ।
स्याउ (फुजी) प्रतिकिलो ३२५ रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, केरा (मालभोग) दर्जन २२० रुपैयाँ, केरा (नेपाली) २०० रुपैयाँ, अनार प्रतिकिलो ४५० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो २८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो ३२० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुखकटहर प्रतिकिलो ७० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० र लिचि (भारती) २८० रुपैयाँ, एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४३० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ७० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ६० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो १९० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १४० रुपैयाँ, माछा (रहु) प्रतिकिलो ३३० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ ।









प्रतिक्रिया