बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

189
Shares

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यसदिन सुन प्रतिताल २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोलामा ५ सय रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ प्रतितोला थियो ।