ट्रम्पको भ्रमण कोशेढुंगा साबित हुने सीको भनाइ

84
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको विषयमा आफू र चिनियाँ राष्ट्रपति सी चिनपिङको धेरै मिल्दाजुल्दा विचारहरू रहेको बताएका छन् । तर, सीले सञ्चारमाध्यम सामु दिएको मन्तव्यमा पश्चिम एसियाको द्वन्द्वबारे सार्वजनिक रूपमा केही उल्लेख गरेनन् ।

यसअघि शुक्रबार चीनको विदेश मन्त्रालयले इरान युद्ध कहिल्यै हुनु हुँदैनथ्यो भन्दै त्यस क्षेत्रमा तनाव कम गर्न र स्थिरता कायम गर्न बेइजिङको आह्वानलाई पुनः दोहोर्याएको थियो ।

‘धन्यवाद, श्री राष्ट्रपतिज्यू । यो भ्रमण ऐतिहासिक र कोशेढुंगा साबित हुने अवसर बनेको छ,’ ट्रम्पसँगै मन्तव्य दिने क्रममा सीले भने ।

‘यस क्रममा हामीले हाम्रा दुई राष्ट्रबीच नयाँ रचनात्मक रणनीतिक सम्बन्ध स्थापना गरेका छौं । यसलाई वास्तवमै एक कोशेढुंगा घटनाको रूपमा वर्णन गर्न सकिन्छ,’ उनले थपे ।