बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

301
Shares

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ३०० र चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।