
काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै बिमा ऐन, २०७९ बमोजिम कम्पनीलाई नयाँ पुनर्बिमा व्यवसाय नगर्न निर्देशन दिएको हो ।
सूचनाअनुसार कम्पनीले ‘पूवर्बिमा दाबी भुक्तानी’ गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको हो । तर, कम्पनीले यसअघि स्वीकृत भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापन गर्न भने पाउनेछ ।
यसअघि प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृतसहित पाँच उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण मागेको थियो ।
यस्तै, सम्पत्ति शुद्धीकरण विभागले फागुन २८ मा प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दीपक भट्टले नेपाल पुनर्बिमासहितका विभिन्न संस्थाको सेयर खरिद गर्न हिमालयन रि इन्स्योरेन्सलगायतबाट करिब ४ अर्ब दुरुपयोगको गरेकोबारे छानबिन भइरहेको छ ।






प्रतिक्रिया