
काठमाडौँ । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा गोलाप्रथा मार्फत भाग्यमानी आवेदकहरू छानिएका छन् ।
कम्पनीको आईपीओमा कुल १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
यस आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएकोमा ४४ हजार ४१६ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । रीतपूर्वक आवेदन दिएका २९ लाख ३८ हजार ८२ जना योग्य आवेदक थिए । कम्पनीका अनुसार, माग गरिएको भन्दा १८.६३ गुणा बढी आवेदन परेको थियो ।
कम्पनीले २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ खुला गरेको थियो ।
आईपीओ बाँडफाँडको नतिजा सिडिएससीको आईपीओ नतिजा हेर्ने वेबसाइट: iporesult.cdsc.com.np, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिनेछ ।





प्रतिक्रिया