संकल्प इन्भेस्टमेन्टको प्रिमियम यात्रा सुरू

35
Shares

काठमाडौं । संकल्प इन्भेस्टमेन्ट प्रालिले अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ ।

आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरू गरिएको यो आउटलेट अब कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अध्यक्ष कृष्ण अर्यालले आफूहरू संख्या होइन, स्तर निर्माण गर्न आएको बताए । उनले गुणस्तर र दीर्घकालीन विश्वासलाई प्राथमिकता दिने समेत सुनाए ।