एकैदिन ४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

672
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो।

मंगलबार चाँदीको मूल्य सोमबारको तुलनामा ३ सय ५५ रुपैयाँले बढेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।