नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रुपमा स्थापित गर्ने सरकारको घोषणा

42
Shares

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रुपमा स्थापित गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएका हुन् ।

धार्मिक, सांस्कृतिक र आरोग्य अध्ययन, चलचित्र, अध्यात्मिकता तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रुपमा विकास गरिने उनले बताए ।

अध्यात्मिक तीर्थ कुटनीतिमार्फत् पशुपति, लुम्बिनी, जनकपुर र लुम्बिनी क्षेत्रको प्रबद्र्धन गर्ने सरकारको योजना छ ।

साथै समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला र संस्कृतिलाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रबद्र्धन गरिने सरकारको योजना छ ।

यसैगरी जीवित संग्रहालयको अवधारणलाई कार्यान्वयन गर्दै कम्तिमा ५ हजार नयाँ होमस्टेलाई नेपाल होमस्टे ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।