
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले स्वाथ्य बीमाको लागि बजेट विनियोजन गर्न नसकेपछि ठूला अस्पतालले बन्द गरेको यो सेवालाई प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेको छ ।
सरकारले ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ बीमा शुल्क लिने र जेष्ठ नागरिककको लागि निःशुल्क रुपमा दिएको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गर्दै गरेका छन् ।





प्रतिक्रिया