
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गिटी बालुवालको अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले ढुंगा गिटी बालुवालगायत निर्माण सामाग्रीको दीगो उपयोग, पारदर्शिता, पारदर्शी आपूर्ति र नियमन गर्ने भएको जानकारी गराए ।
यो नीतिले अवैध क्रसर सरकारको पूर्ण नियमनमा आउनेछ ।
साथै खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्ने नीतिगत कानुनी र संस्थागत सुधार गरिने राष्ट्रपति पौडेलले बताए ।









प्रतिक्रिया