
काठमाडौं । सरकारले नयाँ राष्ट्रिय रोजगार नीति तर्जुमा गर्ने घोषण गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।
पौडेलले सिप, शिक्षा, श्रम बजार, सूचना, सामाजिक सुरक्षा र रोजगार प्रणालीलाई एकीकृत गर्ने घोषणा गरेका छन् ।
कमाउँदै सिक्दै अवधारणमा आधारित राष्ट्रिय इन्टरनशीप कार्यक्रम सञ्चालन गर्ने घोषणा समेत सरकारले गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममा नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमाेर्ट वर्क नीतिको कानुनी व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यवसायिक प्रमाणिकरण उपलब्ध गराउने घोषणा गरेको हो ।
यस्तै श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच पुर्याउने घोषणा गरेको हो ।
डिजिटल श्रम निरीक्षण गरी न्यूनतम पारिश्रमिक सुनिश्चितता , कार्यस्थलमा व्यवसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गर्ने सरकारले घोषणा गरेको हो ।
सरकार, रोजगारदाता र श्रमिकबीच असर श्रम सम्वद्ध स्थापित गर्दै राष्ट्रिय स्तरको कल्याणकारी कोष प्रभावकारी कार्यन्वयन गर्ने घोषणा गरेको हो ।





प्रतिक्रिया