
काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम अप्लायन्सले गर्मी सिजनका लागि आफ्नो कुलिङ पोर्टफोलियोमा व्यापक विस्तार गरेको छ ।
ठूला व्यावसायिक प्रतिष्ठानहरूका लागि तीनवटा शक्तिशाली कमर्सियल कूलरहरू सार्वजनिक गरेको केही समयमै कम्पनीले अहिले घरेलु र व्यक्तिगत प्रयोगका लागि थप एक नयाँ डेजर्ट र एक नयाँ पर्सनल कूलर बजारमा ल्याएको छ ।
नेपालका लागि बर्लीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले उपभोक्ताको हरेक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यी अत्याधुनिक उत्पादनहरू उपलब्ध गराएको हो ।
यी नयाँ मोडलहरूको प्रवेशसँगै बर्ली अब कुल २२ वटा विभिन्न एयर कूलर मोडलका साथ नेपालकै सबैभन्दा विस्तृत र ठूलो रेन्ज भएको ब्रान्ड बन्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले भर्खरै सार्वजनिक गरेका मोडलहरूमा ५५ लिटर क्षमताको ‘पोलो’ डेजर्ट कूलर र ४५ लिटर क्षमताको ‘प्राइड’ पर्सनल कूलर रहेका छन् ।
मध्यम तथा ठूला कोठाहरूका लागि डिजाइन गरिएको पोलो कूलरले शक्तिशाली कुलिङका साथै घरको आन्तरिक सजावटमा प्रिमियम र आधुनिक लुक्स थप्नेछ ।
त्यस्तै, व्यक्तिगत प्रयोग र अफिस क्याबिनका लागि उपयुक्त प्राइड कूलर कम्प्याक्ट हुनुका साथै अत्यन्तै कम आवाजमा प्रभावकारी शीतलता प्रदान गर्न सक्षम छ ।
बर्लीले अहिले बजारमा पर्सनल, डेजर्ट, टावर र १०० देखि १३५ लिटरसम्मका कमर्सियल गरी चारै श्रेणीमा विविधता ल्याएको छ, जसले गर्दा ग्राहकले आफ्नो चाहना अनुसारको विकल्प छान्न सक्नेछन् ।
बर्लीका यी सबै कूलरहरू अत्याधुनिक प्रविधि र विशेषताले सुसज्जित छन् । यसमा चारतर्फी कुलिङ सुनिश्चित गर्न स्वचालित लुभर्स, लामो समयसम्म तीव्र शीतलताका लागि तीन तहको विशेष एन्टी-फङ्गल हनीकम प्याड र थप चिसो हावाका लागि छुट्टै ‘आइस चेम्बर’को व्यवस्था गरिएको छ ।
विशेष गरी बिजुली कटौतीको समयमा पनि घरको इन्भर्टरबाट सहजै चलाउन सकिने गरी डिजाइन गरिएका यी कूलरहरूले एयर कन्डिसनर (एसी) को तुलनामा ८० प्रतिशतसम्म कम बिजुली खपत गर्छन् ।
साथै, यसमा रहेको एन्टी-ब्याक्टेरियल फिल्टरले हावालाई स्वच्छ राख्न मद्दत गर्छ भने यसको मजबुत र ‘शक्-प्रुफ’ बडीले लामो समयसम्म टिकाउपन सुनिश्चित गर्दछ ।
सीजी इलेक्ट्रोनिक्सका अनुसार, सानो कोठादेखि विशाल हलसम्मका हरेक आवश्यकता पूरा गर्न बर्ली अब पूर्ण रूपमा सक्षम देखिएको छ ।
देशभर रहेका २१ वटा सीजी डिजिटलका शोरुमहरू, आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत ग्राहकले यी सामग्रीहरू सहजै खरिद गर्न सक्नेछन् ।






प्रतिक्रिया