
काठमाडौं । दुर्गा प्रसाईँले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउँदा गरिब तथा श्रमिक वर्ग अन्यायमा परेको आरोप लगाएका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलेले भक्तपुरस्थित आफ्नै निबासमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रभावमा फाँसीवादी शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् ।
प्रसाईँले गरिबका घरसँगै उनीहरूको सपना पनि भत्काएको बताएका छन्। प्रसाईँले जीवनभरको मेहनत, मजदुरी र पसिनाबाट बनाइएका घरहरू भत्काउँदा श्रमिक वर्गको भविष्य नै संकटमा परेको बताए।
उनले वृद्धवृद्धा, एकल महिला तथा लघुवित्त–सहकारी पीडितहरू विस्थापित भएको उल्लेख गर्दै राज्यले कमजोर वर्गमाथि दमन गरिरहेको आरोप लगाए।
उनले चुनावअघि आफूले दलहरूलाई एक ठाउँमा उभ्याएर चुनावमा नजान सुझाव दिएको दाबी गर्दै अहिले ‘घण्टीमा भोट हाल्नेहरू’ समेत निराश बन्न थालेको बताए।
प्रसाईँले केपी शर्मा ओली जस्तै शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिमा बालेन अघि बढेको आरोप लगाउँदै ‘शक्तिको स्रोत जनता हुन् भन्ने नबिर्सन’ चेतावनी समेत दिए।









प्रतिक्रिया