BREAKING

मलेसिया जान २ लाख ७५ हजार मागेपछि बालेनलाई गुनासो, श्रम मन्त्रालयले म्यानपावरमा हान्यो छापा

3.7k
Shares

काठमाडौं । नुन रिसोर्सेस मेनपावरमा श्रम मन्त्रालयले छापा मारेको छ । सेक्युरिटी गार्डमा मलेसिया जाने तयारीमा रहेका अमितकुमार झाको प्रक्रिया अगाडि बढाउने क्रममा मेनपावरले २ लाख ५० हजार मागेको उजुरीका आधारमा मन्त्रालयले छापा मारेको हो ।

नेपाल प्रहरीको सहयोगमा मन्त्रालयले छापा मारेको हो । श्रम मन्त्रालय र विभागमा परेको उजुरीका आधारमा मारिएको छापाबाट ४३७ वटा पासपोर्ट र ठूलो मात्रामा रकम समेत बरामद गरिएको छ ।

उक्त मेनपावरविरूद्ध प्रधानमन्त्री कार्यालयमा भएको उजुरी र सो उजुरीलाई प्रधानमन्त्री कार्यालयले वैदेशिक रोजगार विभागमा पठाएको उजुरीका आधारमा नेपाल प्रहरीको सहयोगमा छापा हानिएको हो ।