नेप्सेमा २७.४९ अंकको वृद्धि, ३ अर्ब २७ करोडको कारोबार

42
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ६.९४ अंकले बढेर २७१८ बिन्दुमा कायम भएको थियो।

शुक्रबार नेप्सेमा कुल ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा २ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये २३४ कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।