दीपक र सुलभको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

658
Shares

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दी प्रत्यक्षीकरणको रिटमा अहिले सुनुवाइ भइरहेको छ ।

अदालतमा भट्टको हकमा श्रीमति आयुष्मा नेपाल र अग्रवालको हकमा पिता शंकरलाल अग्रवालले रिट हालेका थिए ।

सर्वोच्च अदालतमा न्यायाधिशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

हिमालयन रि लगायत विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको र दीपक भट्ट लगायतको नाममा उधारोमा सेयर किनेको, इन्साइडर ट्रेडिङ गरेको र मूल्यलाई समेत प्रभाव पार्ने कार्य गरेको अभियोगमा उनीहरूमाथि धितोपत्र सम्बन्धी ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यही विषयमा प्रहरी हिरासतमा रहेका व्यवसायी शेखर गोल्छा सर्वोच्चको परमादेशपछि हिजो छुटिसकेका छन् ।