पशुपति एग्रोले एक वर्षमा गर्‍यो सवा १ अर्ब रुपैयाँको कारोबार

63
Shares

काठमाडौं । पशुपति एग्रो एन्ड फुड इन्डष्ट्रिजले एकै वर्ष सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ४९ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा १५० प्रतिशतले वृद्धि भएको जनाएको छ । कम्पनीले २०२५ मा ६.३४ प्रतिशत नाफा मार्जिन कमाएको छ । जुन २०२४ मा १०.४४ प्रतिशत थियो । यस्तै २०२३ मा नाफा मार्जिन ८.१३ प्रतिशत कायम गरेको थियो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ ।

कम्पनीले धानको ग्रान्डिङ, सर्टिङ र पोलिसिङ र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले माइजु, सुनचरी, हिमानी, सनराइज, डबल सूर्य ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको प्रति घन्टा ८ मेट्रिक टन प्रशोधन क्षमता रहेको छ । आशुतोष पाण्डे कार्यकारी अधिकृत रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८१ करोड ३९ लाख रुपैयाँ रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ गराएको हो ।