
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ५ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ ।
यस दिन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार ४ हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार १ सय ७५ रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया