६ महिनामै नेपाली भान्सामा लोकप्रिय बन्दै सीजी मेरिडिया ‘एआईस्मार्ट एयर फ्रायर’

105
Shares

काठमाडौँ । सीजीले प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत बजारमा सार्वजनिक गरेको नेपालकै पहिलो एआई सञ्चालित स्मार्ट एयर फ्रायर (मोडल: सीजीएमआरएएफ्८एलएआई)  ६ महिनामै उपभोक्ताको रोजाइमा पर्न सफल भएको बताएको छ ।

विशेष गरी हाल देशभर भइरहेको बेमौसमी वर्षा र ओसिलो मौसमको समयमा तात्तातो र स्वास्थ्यवर्धक परिकारका लागि यो स्मार्ट एयर फ्रायर अनिवार्य आवश्यकता साबित भएको कम्पनीको दाबी छ ।

यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैं चिनिदिने कम्पनीले जनाएको छ । यसमा सेटिङ मिलाइरहनु पर्दैन, आफैंले उपयुक्त तापक्रम र समय निर्धारण गर्ने कम्पनीको भनाइ छ । जसले तपाईँको बहुमूल्य समयको बचत गराउने कम्पनीको भनाइ छ ।

ग्राहकले घरको काममा व्यस्त हुँदा वा अन्य कोठामा बसेरै पनि सीजी स्मार्ट होम एप मार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सक्ने कम्पनीले जनाएको छ । साथै ८ लिटरको विशाल क्षमताले मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा यसमा छ । ।

‘वाटर स्प्रे’ फङ्सनले खानालाई सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो बनाउने र  स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव दिने विशेषता यसमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजाको चाहनालाई यसले केही मिनेटमै पूरा गर्छ । २५ वटा स्वचालित मेनुले गर्दा समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक—जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुनेछ ।

यसमा पारदर्शी झ्याल भएका कारण पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिन्छ । यस्तै १८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजमको प्रयोगले तातो हावालाई तीव्र गतिमा प्रवाह गराई खाना छिटो र समान रूपमा पकाउँछ, जसले भान्साको समय बचाउनुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित राख्छ। यस्तै र्यापिड एयर फ्लोले सबै दिशाबाट समान रूपमा पकाउने र पोषण जोगाउन भूमिका खेल्छ ।