
काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गरेको छ। कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाडौंको तीनकुनेमा उद्घाटन गर्दैछ ।
हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमान्डुले ग्राहकलाई प्रत्यक्ष रूपमा उत्पादन अनुभव गराउने उद्देश्यले फिजिकल आउटलेट सुरू गरेको कम्पनीले जनाएको छ ।
उद्घाटनलाई विशेष बनाउन विभिन्न अफरहरू सार्वजनिक गरिएको छ। कार्यक्रममा ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिनेछ भने गेमिङ एक्सेसोरीहरूमा ४० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।
त्यसैगरी, बालबालिकासम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले निःशुल्क उपहार प्राप्त गर्नेछन् भने पुरानो फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहनेछ।
ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफर ल्याइएको छ, जसअन्तर्गत २५०० रुपैयाँभन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर हुनेछ। साथै, आउटलेटभित्र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्मका उत्पादन जित्न सक्नेछन्।
स्टोर सञ्चालनको अवसरमा एक दिन विशेष अफरअन्तर्गत इयरबड्स तथा इयरक्लिप्स ५०० रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उद्घाटनसँग सम्बन्धित अफरहरू वैशाख २१ देखि २७ गतेसम्म लागू रहनेछन्।









प्रतिक्रिया