नेपाल लाइफको आयोजनामा आज र भोलि निशुल्क स्वास्थ्य शिविर हुँदै

63
Shares

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीका अनुसार, स्वास्थ्य शिविर आज र भोलि बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।

आज बिहान ९:३० बजेदेखि सुरू भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा हुनेछ ।

‘लाइफ इज प्रेसिअस ! लेट्स अपलिफ्ट इट टुगेदर’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन कम्पनीले आह्वान समेत गरेको छ ।

साथै देश भरका सातै प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्‍याउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।