३ सय रुपैयाँले घट्यो सुनको मूल्य

63
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार २ लाख ९५ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार मूल्य बढेको हो ।