श्रम तथा रोजगारमन्त्री बिष्ट भन्छनः एमालेको नाममा बद्मासी गर्नेलाई पनि छाडिदैन



काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीमा एमालेको नाममामा पनि बद्मासी गर्नेलाई नछाड्ने बताएका छन् ।

मन्त्रीभएपछि आज पत्रकार सम्मेलन गर्दै बिष्टले बैदेशिक रोजगारमा बद्मासी गर्ने र पार्टी,नाताको नाममा उम्मुत्ती पाउने दिन सकिएको बताए ।

‘यो क्षेत्रमा केही व्यक्तिको सिन्डिकेट रहेछ’,मन्त्री बिष्टले भने,‘ गल्ती गर्ने जो केहीलाईपनि कारवाही हुन्छ।’

बैदेशिक रोजगार व्यवसायमा राजनीतिक दलका नेताहरु सक्रिय छन् । अहिले संघमा एमाले निकट व्यवसायीको बाहुल्यता छ । चुनावमा पनि दलगत आधारले हुने गरेको छ ।

उनले पार्टीको नाम बद्नाम गराउन खोज्नेलाई झन कडा कारवाही गरिने बताए ।


क्लिकमान्डु