बीपी राजमार्ग पुन अवरुद्ध, सवारी साधन होल्डमा

196
Shares

काठमाडौं । मंगलबार राति परेको वर्षाले रोशी खोलामा बाढी आउँदा बिपी राजमार्ग पुन अवरुद्ध भएको छ ।

रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा हालै तयार भएको डाइभर्सन बगाए पनि बाटो पुन अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले ठूलो वर्षा भएकाले उक्त राजमार्ग अहिले बन्द गराएको छ । सवारी साधनहरुलाई मङ्गलटार, भकुण्डे, नेपालथोकलगायतको स्थानमा होल्ड गराइएको छ ।