चैतसम्म एक्सेल डेभलपमेन्ट बैंकले कमायो साढे १५ करोड नाफा

553
Shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म १५ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म बैंक ६ करोड ३८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा थियो ।

तेस्रो त्रैमाससम्म बैंकको करअघिको नाफा करिब २२ करोड २४ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । चालु वर्षको तेस्रो त्रैमाससम्म बैंकले करिब ४३ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा २६.१६ प्रतिशतले बढेको हो ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । बैंकले १ करोड २४ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले १६ करोड ३४ लाख ३१ हजार रुपैयाँ सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको थियो ।

चैत मसान्तमा बैंकको निक्षेप १७ अर्ब ३० करोड रुपैयाँ नाघेको छ भने कर्जा लगानी १२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा ८.४६ प्रतिशतबाट घटेर ६.५९ प्रतिशतमा झरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १४ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १२.३० प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १५ करोड ८ लाख रुपैयाँ छ ।