राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, कुनको कति ?

455
Shares

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफामा सुधार आएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरुको नाफामा सुधार देखिएको हो ।

आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल ३ अर्ब ६९ करोड २७ लाख १५ हजार ४५९ रुपैयाँ नाफा कमाएका राष्ट्रिय स्तरका आठ विकास बैंकले चालु आवको सोही अवधिमा भने ५ अर्ब ५० करोड ३५ लाख ७६ हजार २३१ रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ४९.०४ प्रतिशतले बढी हो ।

प्रकाशित वित्तीय विववरणअनुसार आठ विकास बैंकमा आठ वटैको बैंकको नाफा बढेको हो । गत आवको नौ महिनामा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको लुम्बिनी विकास बैंकले चालु आवको सोही अवधिमा आईपुग्दा १०२८.२५ प्रतिशतले बढाएर ५६ करोड १६ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यस अवधिमा ज्योति विकास बैंकको नाफा १०५.३ प्रतिशत, शाइन रेसुंगाको ५३.३८ प्रतिशत, गरिमा विकास बैंकको ४२.९१ प्रतिशत र मुक्तिनाथ विकास बैंकको नाफा ३०.०४ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा कामना सेवाले १९.३७ प्रतिशत, सांग्रिला विकास बैंकले ११.५९ प्रतिशत र महालक्ष्मी विकास बैंकले ५.३६ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

कुनको कति ?