
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ हजार २ सय रुपैयाँले गिरावट आएको हो ।
यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य ७५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २० रुपैयाँ थियो ।









प्रतिक्रिया