वायुसेवा निगमलाई बुध्द एयरको सुझाव

वायुसेवा निगमलाई सुधार गरेर वार्षिक ५० लाख पर्यटक ल्याउन सकिन्छ

56
Shares

नेपालको वर्तमान आर्थिक अवस्था अत्यन्तै चिन्ताजनक छ। देशको कुल ऋण २९ खर्ब नाघेको छ भने सरकारी आम्दानीले साधारण खर्च धान्न पनि धौ-धौ परिरहेको छ। यस्तो अवस्थामा मुलुकलाई आर्थिक संकटबाट जोगाउने दुईवटा मात्र सूत्र छन्: व्यावसायिक कृषि र पर्यटन।

नेपालको ४२ प्रतिशत जनशक्ति निर्वाहमुखी कृषिमा अर्ध-बेरोजगार रहेको र २० प्रतिशत पूर्ण बेरोजगारी रहेको अवस्थामा पर्यटन उद्योग नै रोजगारी र विदेशी मुद्रा आर्जनको सबैभन्दा बलियो इन्जिन बन्न सक्छ। हाल वार्षिक साढे ११ लाख पर्यटक र ५५ अर्ब आम्दानी भइरहेकोमा यसलाई ५० लाख पर्यटक र १० खर्बको आम्दानीमा बदल्न सम्भव छ, तर यसका लागि राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमको आमूल रूपान्तरण अनिवार्य छ।

नेपाल वायुसेवा निगमलाई हालको बोझिलो संरचनाबाट मुक्त गरी नेपाल वायुसेवा निगम पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिनुपर्छ। यसबाट निगमको संरचनामा सुधार गरे सार्वजनिक-निजी साझेदारीमा लैजान सकिन्छ ।नेपाल वायुसेवा निगमलाई हालको बोझिलो संरचनाबाट मुक्त गरी नेपाल वायुसेवा निगम पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिनुपर्छ।

यसबाट निगमको संरचनामा सुधार गरे सार्वजनिक-निजी साझेदारीमा लैजान सकिन्छ ।नेपाल वायुसेवा निगमलाई हालको बोझिलो संरचनाबाट मुक्त गरी नेपाल वायुसेवा निगम पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिनुपर्छ। यसबाट निगमको संरचनामा सुधार गरे सार्वजनिक-निजी साझेदारीमा लैजान सकिन्छ ।

यसका लागि निगमका चारवटा जेट विमान, पार्टपूर्जा र आवश्यक सामग्री मात्र समेटेर छुट्टै कम्पनी बनाइनुपर्छ भने ग्राउन्ड ह्यान्डलिङ सेवालाई नागरिक उड्डयन प्राधिकरण मातहत लैजानुपर्छ।

निगमको सेयर संरचनामा ५१ प्रतिशत सरकार, २० प्रतिशत रणनीतिक साझेदार (जसमा १० अर्ब माथिको कारोबार भएका ४ वटा संस्थालाई ५-५ प्रतिशतका दरले दिइने र बुद्ध एयर एक हुने), र २९ प्रतिशत सर्वसाधारणको हिस्सा हुनुपर्छ।

बुद्ध एयरले ३० वर्षको सफल अनुभवका आधारमा ५ प्रतिशत सेयर लिएर व्यावसायिक मार्गदर्शन र लगानीको सुरक्षा सुनिश्चित गर्न खोजेको हो। यो नयाँ कम्पनीले निगमको पुरानो ऋण (चिनियाँ जहाज बाहेक) को दायित्व व्यहोर्नेछ।

आन्तरिक उडानका लागि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा छुट्टै प्रादेशिक वायुसेवा स्थापना गरी निगमका ट्विनअटर जहाजहरू त्यहाँ परिचालन गरिनुपर्छ। निगममा काबिल कर्मचारीको मूल्याङ्कन गरी स्थानान्तरण गरिनेछ भने सीईओका रूपमा विदेशी विज्ञ समेत नियुक्त गर्न सकिनेछ।

निगमलाई तत्काल विश्वस्तरको अडिट गराउने र नेपालको हवाई उड्डयनबारे अन्तर्राष्ट्रिय रुपमा बढेको नकारात्मक प्रचारलाई हठाउन तत्कालै नेपालकै हवाइ उड्डयनलाई यूरोपेली युनियन (ईयू)काे कालो सूचीबाट हटाउने र वान वर्ल्ड वा स्टार एयरलाइन्स जस्ता अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध गराउनुपर्छ ।

नेपाल आउने अन्तर्राष्ट्रिय उडानको भाडादर विश्वकै महँगो हुनुको कारण अन्तर-महादेशीय उडानको अभाव हो। यसलाई सच्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ५-७ घण्टाका क्षेत्रीय उडान (न्यारो बडी) को हब बनाउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) बाट सिधा अन्तर-महादेशीय (वाइड बडी) उडानहरू सञ्चालन गर्नुपर्छ।

अब जहाज खरिदका लागि सरकारको ग्यारेन्टी होइन, प्रोजेक्ट फाइनान्सिङको मोडेल अपनाउनुपर्छ। १० वर्षमा ५० लाख पर्यटक पुऱ्याउन वर्षको ५ वटाका दरले एयरबस ए-३५० जस्ता ठूला जहाज थप्दै जानुपर्छ, जसको प्रति जहाज मूल्य १८० मिलियन डलर पर्छ।

हवाई सेवा मात्र होइन, पर्यटकलाई देशभरि पुऱ्याउन २ हजार ९५२ किलोमिटर सडक सञ्जाल (महेन्द्र राजमार्ग ६ लेन, कोशी करिडोर, सिद्धार्थ, कर्णाली र महाकाली राजमार्ग २ लेन) को स्तरोन्नति गर्न २ अर्ब अमेरिकी डलर लगानीको प्रस्ताव गरिएको छ। यसका साथै, ५० लाख पर्यटकलाई बस्नका लागि प्रमुख गन्तव्यहरूमा थप ७५ हजार तारेबेडहरू आवश्यक पर्नेछ, जसका लागि थप २ अर्ब डलरको निजी लगानी आवश्यक हुन्छ। यसरी १० वर्षमा हवाई, सडक र होटल क्षेत्रमा गरी करिब १० अर्ब डलर (१३ खर्ब नेपाली रुपैयाँ) को लगानी परिचालन हुन ।

नेपालको अर्थतन्त्रमा अभूतपूर्व मल्टिप्लायर इफेक्ट सिर्जना गर्नेछ। विश्व पर्यटन परिषद्को तथ्याङ्क अनुसार एक पर्यटकले १.०८ रोजगारी सिर्जना गर्छ। यस आधारमा ५० लाख पर्यटक पुग्दा नेपालमा करिब ५० लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी (४१% प्रत्यक्ष, ३०% अप्रत्यक्ष र २९% उत्पन्न) सिर्जना हुनेछ।

यसका लागि दक्ष जनशक्ति तयार गर्न दाङमा फ्लाइट ट्रेनिङ स्कुल र सातै प्रदेशमा होटल तालिम केन्द्रहरू खोल्न ८७.५ करोड डलर लगानी गरिनेछ। पर्यटनको विस्तारले कृषि क्षेत्रमा समेत क्रान्ति ल्याउनेछ। ५० लाख पर्यटकलाई खुवाउन वार्षिक ६८ हजार ८५० मेट्रिक टन खाद्यान्न (धान, दाल, मासु, तरकारी र फलफूल) आवश्यक पर्छ।

यो आपूर्ति श्रृंखलालाई स्थानीय किसानसँग जोड्दा ग्रामीण अर्थतन्त्र बलियो हुनेछ र निर्यातमुखी कृषिको जग बस्नेछ। समग्रमा, यो योजना सफल हुँदा १० वर्षपछि नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ७ प्रतिशत (करिब १० अर्ब डलर) पुग्नेछ भने सरकारले ३.५ अर्ब डलर कर राजस्व संकलन गर्नेछ।

यो केवल एउटा वायुसेवा निगमको सुधार मात्र होइन, नेपाललाई समृद्ध र आत्मनिर्भर राष्ट्र बनाउने राष्ट्रिय संकल्प हुनुपर्छ । (बस्नेत बुध्द एयरका कार्यकारी अध्यक्ष हुन । उनले पर्यटन मन्त्रालयमा पेश गरेको वायुसेवा निगमक सुधारको सुझाबाट)