
काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले एकै वर्ष साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब १४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा २ अर्ब ५१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा २ अर्ब १९ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ६२ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००३ मा स्थापना भएको अस्पताल काठमाडौं विश्वविद्यालय अन्तर्गत सञ्चालित छ । अस्पतालले डीएम, एमसीएच, एमएस, एमडी, एमबीबीएस, बीडीएस, बीपीटी, बीएससी नर्सिङ र एमएलटी/बीएमएलटी सहित अन्य विभिन्न कोर्सको अध्ययन–अध्यापन दिँदै आएको छ ।
कम्पनीका तीन वटा सहायक कम्पनी छन् । कम्पनीद्वारा नोबेल क्यान्सर हस्पिटल, सनेबेल एड्भान्स इन्भेष्टमेन्ट र नोबेल हस्पिटल फार्मेसी सञ्चालन हुँदै आएका छन् ।
अस्पतालले हाल ७ सय ७५ शय्याको सेवा दिँदै आएको छ । गत आवमा अस्पतालको औसत अकुपेन्सी ७१ प्रतिशत छ । सन् २०२४ मा ७३ प्रतिशत थियो । गत आवमा अस्पतालको ३१ प्रतिशत कारोबार बढेको उल्लेख छ । गत आवमा अस्पताल र फार्मेसीको कारोबार मर्जर हुँदा ३१ प्रतिशतले कारोबार बढेको हो ।
काठमाडौं मेडिकल कलेजको २० प्रतिशत स्वामित्व रहेको अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । हस्पिटलले दीर्घकालीन कर्जाका लागि ४ अर्ब ९२ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५७ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया