आज औंसीका दिन ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा झर्‍यो ?

203
Shares

काठमाडौं । थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन प्रतितोला तीन हजार र चाँदी १२० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १३० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० रुपैयाँ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Skip This