
काठमाडौं। प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् ।
शुक्रबार उपसभामुखमा निर्वाचित उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित थिए।
प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।
उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातिकर्फ निर्वाचित भएकी थिइन् ।








प्रतिक्रिया