नेप्से १३.४६ अंकले घट्दै २८३७ बिन्दुमा

70
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४८.७१ अंक र बुधबार ४५.१२ अंकले बढेको थियो ।

शुक्रबार नेप्सेमा कुल ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा ९ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ ।