
काठमाडौं । आज प्रतिनिधीसभाको उपसभामुखको निर्वाचन हुँदैछ ।
दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ ।
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उम्मेदबारी दिएकी छन् ।
प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।








प्रतिक्रिया