
एजेन्सी । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले लेबननमा युद्धविराम हुनु पश्चिम एसियाली युद्ध अन्त्यका लागि इस्लामी गणतन्त्रको १० बुँदे योजनाको प्रमुख शर्तहरूमध्ये एक भएको बताएका छन् भनी इसना समाचार एजेन्सीले बुधबार रिपोर्ट गरेको छ ।
पेजेस्कियानले फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोंसँगको टेलिफोन कुराकानीमा तेहरानले युद्धविराम स्वीकार गर्नु इरानको जिम्मेवारी र कूटनीति मार्फत द्वन्द्व समाधान गर्ने गम्भीर इच्छाको स्पष्ट संकेत हो भनेका छन् ।
उनले थपे, ‘लेबननमा युद्धविराम कायम गर्नु इरानको १० बुँदे योजनाको प्रमुख शर्तहरू मध्ये एक रहिआएको छ ।’
अमेरिका र इरानबीचको युद्धविरामप्रति निराशा व्यक्त गर्दै इजरायलले लेबननमा रहेका हिज्बोल्लाहविरुद्ध आक्रमण जारी रहने बताएको छ । इरानसँग पुनः लडाइँ गर्नका लागि आफू पूर्ण रूपमा तयार रहेको पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।










प्रतिक्रिया