वैदेशिक अध्ययनमा जानेलाई दोस्रो पटक पैसा पठाउने व्यवस्थामा कठाई

1.1k
Shares

काठमाडौं । राष्ट्र बैंकले वैदेशिक अध्यननमा रहेको विद्यार्थीलाई सटही सुविधामा कडाई गरेको छ । विदेशमा अध्ययनरत विद्यार्थीलाई दोस्रो पटकदेखि शिक्षण शुल्क तथा निर्वाह शुल्क वापतको पठाउँदा दोहोरो भुक्तानी नहुने गरी पठाउनुपर्ने व्यवस्था गरेको हो ।

त्यसको लागि रकम सटही सुविधा दिन विद्यार्थी आफैंले वा निजका अभिभावक/आफन्तले आफ्नो परिचय खुल्ने कुनै कागजात संलग्न गरी सटही सुविधाको लागि अनुरोध गर्नुपर्नेछ ।

यस्तै अनुरोध आएमा प्रथम पटक सटही प्रदान गरेको बैंकमा रहेको नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन लेटरको सक्कल प्रतिको अभिलेख र विद्यार्थी पढिरहेको प्रमाणित हुने सम्बन्धित शैक्षिक संस्थाले प्रदान गरेको कागजात आवश्यक पर्ने भएकाे छ ।

यति उक्त कागजात नभएमा विद्यार्थीको शैक्षिक संस्थासँग सम्बन्धित भ्यालिड परिचयपत्र वा पढिरहेको व्यहोरा स्पष्ट खुल्ने अन्य कुनै अद्यावधिक प्रमाणको आधारमा मात्र दोहोरो भुक्तानी नहुने गरी सोही बैंकबाट यस्तो सटही सुविधा प्रदान गर्नु पर्नेछ ।

वैदेशिक अध्ययनमा जानेले विदेशमा अध्ययनको लागि रकम चाहिनेको पुष्टी नभएमा दोस्रो पटक सटही पैसा लैजान सटही सुविधा नपाउने भएका हुन् ।

Skip This