
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने सेवा आयात, सदस्यता शुल्क, आदि लाभाग्राही संस्थाको नाउँमा भुक्तानी गर्ने प्रयोजनको लागि विदेशी मुद्राको सटही सुविधाको लागि राष्ट्र बैंकको स्वीकृति आवश्कय नपर्ने भएको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको विदेशी विनियम विभागको एकीकृत परिपत्र सम्बन्धी व्यवस्थामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
उक्त यसका लागि नियमानुसार भुक्तानीमा कर लाग्ने भए कर तिरेको निस्सा संलग्न गर्नु पर्ने निर्देशनमा उल्लेख छ । सेवा आयात, सदस्यता शुल्क आदिका लागि प्रचलित व्यवस्थाबमोजिम स्वीकृत लिनुपर्ने भएमा सम्बन्धित निकायको स्वीकृती लिनुपर्नेछ संशोधित व्यवस्थामा उल्लेख छ । अमेरिकी डलर तीन लाख वा सो बरावरको अन्य परिवर्त्य विदेशी मुद्रा भन्दा बढी रकम भुक्तानी दायित्व सिर्जना हुने सम्झौताको हकमा त्यस्तो सम्झौता गर्नुपूर्व बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागलाई अनिवार्य जानकारी गराउनु निर्देशनमा उल्लेख छ ।










प्रतिक्रिया