एशोसिएट्सतर्फको ज्योत्सना समूहमा चन्द्र ढकालका छोरा सचिनको प्रवेश

266
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको समूहमा चन्द्रप्रसाद ढकालका छोरा सचिनको प्रवेश भएको छ ।

ढकालका छोरा सचिन ज्योत्सना श्रेष्ठ समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा चुनाव लड्दै छन ।

अहिले पनि महासंघको एशोसिएट्सतर्फकै उपाध्यक्ष रहेकी श्रेष्ठले अहिलेको कार्यकालमा व्यवसायी मैत्री नीति निर्माणमा आफूले धेरै काम गरेको र अझै नीतिगत पैरवी र व्यवसायी मैत्री वातावरण निर्माणका लागि काम गर्न बाँकी रहेकाले आफू पुनः सोही पदमा दोहोरिएको उनले जानकारी दिए ।

‘हामीले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी एशोसिएट्सतर्फको सदस्य पदमा उम्मेदवार छनौट गरेका छौं,’ उनले भनिन्, ‘तसर्थ हाम्रो समूहलाई मदतान गरी जिताउनु हुन सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्दु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा प्रतिस्पर्धामा छन ।

उनको समूहबाट भरत रानाभाट, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), चुनावी मैदानमा छन्।

Skip This